Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा ७ सय ८ काेराेना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा ७ सय ८ काेराेना संक्रमित थपिए

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ। 



    मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६५ जना क्वारेन्टाइनमा छन्। 



    मंगलबार मात्र ७ ३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ।    

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार