Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रचण्ड–नेपाल समूहको आकांक्षा पूरा हुन दिँदैनाैं: ओली

    प्रचण्ड–नेपाल समूहको आकांक्षा पूरा हुन दिँदैनाैं: ओली

    अनलाइन नेपाल
  • बुधबार, १५ पुष २०७७
  • 2.1K
    SHARES

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली पक्ष) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरे पनि प्रचण्ड–नेपाल समूहको आकांक्षा पूरा हुन नदिने उद्घोष गरेका छन् ।

    काठमाडौँमा आफू पक्षीय सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै ओलीले भने,‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिन । चुनाब हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ । अब चुनावको तयारी गर्नुस् ।’



    उनले प्रचण्ड माधव पक्षलाई पनि चुनावको तयारीमा लाग्न सुझाव दिए । ओलीले सुझाव दिंदै भने–‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस् ।’



    प्रचण्ड–ओलीले पक्षले आफूसँग बहुमत भएको दाबी गरे पनि उनीहरुको बहुमत नभएको ओलीको भनाइ थियो । त्यस्तै, माधब नेपाल प्रचण्डको कार्यकर्ता मात्र भएको जिकिर गरे ।

    उनले ताजा जनादेश लिन जनता कहाँ जाँदा कसरी लोकतन्त्र धरापमा पर्छ भनेर प्रश्न समेत गरे । उनले आफू नभएको भए नाकाबन्दीको सामना कसैले गर्न नसक्ने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार