Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विमानमा कोरोना संक्रमितः निगमका तीन कर्मचारीलाई कारवाही

    विमानमा कोरोना संक्रमितः निगमका तीन कर्मचारीलाई कारवाही

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 5K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । मलेसियाको उडानबाट गत बुधबार कोभिड संक्रमित बिरामीलाई काठमाडौँ पठाउने नेपाल वायु सेवा निगमका तीन जना कर्मचारीलाई क्वाललम्पुरबाट फिर्ता बोलाइएको छ ।

    निगमका एक उच्च अधिकारीका अनुसार त्यहाँको स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, फाइनान्स प्रमुख इन्द्र थापा र स्टेसन म्यानेजर युवराज आचार्यलाई निगमले काठमाडौँ फिर्ता बोलाएको हो ।



    गत बुधबार निगमको क्वाललम्पुर–काठमाडौँका लागि भएको उडानमा आएका १ सय ४५ यात्रुमध्ये रौतहट घर भएक एक जना कोरोनाका बिरामी रहेको पाइएको थियो ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य सेवा विभागले राखेको हेल्थ डेस्कमा कागजात जाँच गर्ने क्रममा ती यात्रुको साथमा रहेको पीसीआर जाँचको रिपोर्ट नै पोजेटिभ भेटिएको थियो ।

    उक्त उडानमा ती यात्रुसँगसँगै बसेका तथा घुमिल भएका अन्य ५४ यात्रुलाई काठमाडौँको गौशालास्थित होटल क्वारेन्टिनमा राखिएको छ । ती यात्रुको होटल तथा पीसीआर जाँच खर्च पनि निगमकै तीनै जना कर्मचारीबाट असुलउपर गरिने भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार