Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • केयूको उपकुलपतिमा माकाजुसहित तीन जनाको नाम सिफारिस

    केयूको उपकुलपतिमा माकाजुसहित तीन जनाको नाम सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले प्रा.डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

    काठमाडौं विश्वविद्यालयमा दुई कार्यकाल उपकुलपति भइसकेका माकाजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुईंटेलको नाम कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरिएकाे हाे



    सोमबार शिक्षा मन्त्रालयमा बसेको सर्च कमिटिको बैठकले माकाजु, थापा र लुईंटेलको नाम सिफारिस गरेको एक सदस्यले बताए ।



    विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन गरेका थिए । कमिटि सदस्यमा विश्वविद्यालयका पुर्व उपकुलपति सुरेशराज शर्मा र बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगाना छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार