Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • थप ५ जनाको कोरोनाबाट मृत्यु

    थप ५ जनाको कोरोनाबाट मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.9K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यस्तै नेपालमा आज थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ३३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार