Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीनले पाँच लाख डोज खोप उपलब्ध गराउने

    चीनले पाँच लाख डोज खोप उपलब्ध गराउने

    अनलाइन नेपाल
  • शनिबार, २४ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीले थप दुई लाख डोज खोप उपलब्ध गराउने बताएका छन् । यसअघि नै चीनले तीन लाख डोज खोप उपलब्ध गराउने बताएको थियो । चीनका स्टेट काउन्सिलरसमेत रहेका विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको कुराकानीमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ती नै जारी गरेर नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने बताएको र परराष्ट्र मन्त्रीसँगको छलफलपछि त्यो दुई लाख बढेर पाँच लाख भएको जानकारी दिइएको छ ।



    यसबाट स्पष्ट हुन्छ दूतावास र चिनियाँ विदेश मन्त्रालयको मत बाझिएको वा सहकार्य न्यून रहेको देखिन्छ । यद्यपि दूतावास विदेश मन्त्रालयको निर्देशनमा चल्ने हो । पाँच दिन अघि र पछिको धारणामा फरक आउनुले यसलाई सहकार्य कम भएको बुझ्न सकिने परराष्ट्र अधिकारीले बताए ।



    वाङले ज्ञवालीसँग खोप सहकार्यमा नेपाललाई प्राथमिकतामा राखेको धारणा व्यक्त गरेका थिए । ज्ञवाली र वाङबीच दुई मुलुकबीचका आपसी चासो सहकार्य, सहयोग र अन्य विविध पक्षमा कुराकानी भएको पनि परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

    नेपाललाई यसअघि भारतले १० लाख डोज खोप उपलब्ध गराइसकेको छ । उक्त खोप फ्रन्टलाइनमा रहेर काम गर्नेले एक डोज लगाई सके । तर चीनले दिने खोप र निकै अगाडि नै परिक्षणमा आएको भनिए पनि अझै नेपाल भित्री सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार