Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अवैध ४९ लाख नेपाली रुपैयाँसहित २ भारतीय नागरिक पक्राउ

    अवैध ४९ लाख नेपाली रुपैयाँसहित २ भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ माघ २०७७
  • 3K
    SHARES

    फाइलल तस्विर

    काठमाडौं । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई अवैध नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



    अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरी टोलीले बिआर ०५थ ६४१७ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेहरुमा भारत विहार जिल्ला मोतिहारी थाना हंशपुर ग्राम पञ्चायात वडा नं १० घोडासहान बस्ने २६ वर्षीय अरबिन्द महतो र अर्का एक १४ वर्षीय बालक रहेका छन् ।

    प्रहरीका अनुसार उनीहरुले कपडाको झोलामा लुकाइछिपाइ एक हजारको एक हजार ९२३ थान, ५०० को पाँच हजार ७०४ थान, १०० को एक हजार २०० थान र रु ५० को १०० थान रुपैयाँसहित नेपाल आइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार