Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हुन्डीको रकमसहित दुई जना भारतीय नागरिक पक्राउ

    हुन्डीको रकमसहित दुई जना भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणको हुन्डीको रकमसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवका अनुसार जिल्लाबाट खटिएको टोलीले पूर्व सूचनाको अधारमा उनीहरुलाई २५ लाख ३५ हजार नेपाली रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
    पक्राउ पर्नेमा भारत, बिहार, पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटियागंज–७ टोल नरकटियागंज बस्ने ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार रहेका छन् ।



    बुधबार बिहान साढे ११ बजेको समयमा कलैया– ८ बरेवा चोकमाछे चेकजाँच गर्दा उनीहरु चढेको भारतीय मोटरसाइकलको डिक्कीबाट उक्त रकम भेटिएको हो ।



    प्रहरीले एक हजार दरका १ हजार ७ सय ७२ थान, रु ५०० रुपैयाँ दरका १ हजार ५ सय २६ थान गरी कुल २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको जनाएको छ ।
    रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु भएको बारा प्रहरीले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

    भारतबाट हुन्डीको पैसा जिल्लाको मुख्य तथा ग्रामीण नाकाबाट लुकिछिपी भित्र्याइने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार