Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्रोत नखुलेको १३ लाखसहित भारतीय नागरिक महोत्तरीबाट पक्राउ

    स्रोत नखुलेको १३ लाखसहित भारतीय नागरिक महोत्तरीबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 663
    SHARES

    जनकपुर । महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढÞा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार रहेको प्रहरीले जनाएको छ ।



    प्रहरीले उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो ।



    बसलाई रोकेर चेकजाँच गर्दा पजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार