Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्रोत नखुलेको ११ लाखसहित भारतीय नागरिक पक्राउ 

    स्रोत नखुलेको ११ लाखसहित भारतीय नागरिक पक्राउ 

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रहरीले स्रोत नखुलेको ११ लाखसहित एक जना भारतीय नागरिकलाई  पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदक रहेका छन्। उनलाई चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । 



    प्रहरीका अनुसार धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनले झोलामा लुकाइ ल्याएको स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो । 



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार