Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दिया मिर्जा दोस्रो विवाह गर्दै

    दिया मिर्जा दोस्रो विवाह गर्दै

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 3.7K
    SHARES

    एजेन्सी । बलिउड नायिका दिया मिर्जा भोलि (सोमबार) अर्थात् १५ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिने भएकी छिन् । उक्त विवाह समारोहमा नजिकका आफन्त र साथीभाइको उपस्थिती हुने बताइएको छ ।

    दियाले बैभव नामका मुम्बईका एक व्यापारीसँग विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी बान्द्राको पाली हिल एरियामा बस्छन् । यी दुई केही समयदेखि डेट गरिरहेका छन् ।



    दियाले यसअघि साहिल सांगासँग सन् २०१४ मा विवाह गरेकी थिइन् । उनले सन् २०१९ मा श्रीमानसँग अलग्गिएको घोषणा गरेकी थिइन् । उनको पहिलो विवाह पाँचवर्षसम्म चलेको थियो । दियाले सोसल मिडिया पोस्टमार्फत् आफ्नो सम्बन्धविच्छेदबारे जानकारी दिएकी थिइन् ।



    दियाले सन् २००० मा मिस इन्डिया एशिया प्यासिफिकको ताज जितेकी थिइन् । उनले आफ्नो करियरको सुरुवात फिल्म ‘रहना हे तेरे दिल मे’ बाट गरेकी थिइन् । उनलाई अन्तिम पटक फिल्म ‘थप्पड’ मा देखिएको थियो । हाल उनी तेलुगु फिल्म ‘वाइल्ड डग’ को सुटिङ गरिरहेकी छिन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार