Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सर्वोच्च पुगेर लिखित जवाफ पेश गरे चार पूर्वप्रधानन्यायाधीशले

    सर्वोच्च पुगेर लिखित जवाफ पेश गरे चार पूर्वप्रधानन्यायाधीशले

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपिरहेका चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् ।

    अदालतले चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई गत माघ १५ गते अवहेलना मुद्दामा लिखितजबाफसहित आफै उपस्थित हुन आदेश जारी गरेको थियो ।



    प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए ।



    निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरिएको छ ।

    पूर्वप्रधानन्यायाधीशहररूले पुस २४ गते प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

    विज्ञप्तिमा उनीहरूले भनेका थिए–‘ स्पष्ट रूपमा संविधानले अधिकार दिएकामा बाहेक प्रतिनिधिसभा विघटन गर्ने अधिकार आफूमा अन्तर्निहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने देखिँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार