Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पूर्वरानीको ७१ औं जन्मोत्सवमा पारस र हिमानीको भेट , मेची क्राउनमा राजपरिवारका सदस्यको भेला

    पूर्वरानीको ७१ औं जन्मोत्सवमा पारस र हिमानीको भेट , मेची क्राउनमा राजपरिवारका सदस्यको भेला

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 3.5K
    SHARES

    झापा।  पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सबै सदस्य धुलाबारीस्थित मेची क्राउन होटलमा जम्मा भएका छन् ।

    अचम्म त के छ भने लामो समयपछि पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको शुक्रबार भेट भएको छ। मेची क्राउनमा पूर्वयुवराज दम्पत्ती आमने सामने भएका हुन्।



    पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरले यो साइत जुराएको वताइएको छ ।



    यसअघि पारसबाहेक राजपरिवारका सदस्य मात्र जन्मोत्सवमा सहभागी हुने बताइएपनि पोखरामा रमाउंदै आएका उनी एकाएक मेची क्राउनमा पुगेका हुन । पूर्वयुवराज  पोखरातिर व्यस्त थिए भने हिमानी काठमाडौं, थाइल्यान्डतिर मात्र हुने गरेकी थिइन्।

    उनीहरूबीच सामान्य बोलचाल भएको बताइएको छ। राजपरिवारका सदस्यले सामूहिक तस्बिर खिच्नुका साथै जन्मोत्सवका लागि एक साता होटल बुक गरिएको छ।

    बुधबारदेखि राजपरिवारका सदस्य होटलमा छन्।

    पूर्व राजारानी भने लामो समयदेखि झापास्थित हिमालय टि स्टेटस्थित निवासमा थिए।

    हिउँद लाग्नासाथ उनीहरू हरेक बर्ष झापा पुग्ने गरेका छन्। शुक्रबारको जन्मोत्सवमा शुभकामना दिन केही राजावादी तथा राजसंस्था पक्षधरका स्थानीय नेताहरू पनि पुगेको वताइएको छ।

    यसअघि पूर्वराजा शाहले झापामै नयाँ वर्ष मनाएका थिए।   पूर्वराजा शाह आफ्ना सचिवालयका केही कर्मचारीसँग त्यहाँ पुगेका थिए ।

    सँसद बिघटनपछि तराइमा उनको सक्रियता बढ्दै गइरहेको छ।

    यसअघि ७१औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीवार जारी शुभकामना सन्देशमा पूर्वराजाले निशेष र विभेदको राजनीति शुरु भएको आरोप लगाएका थिए ।

    पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसंस्था पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

    ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षापनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निशेष र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्’ संवाद सचिब डा. फणि पाठकद्वारा जारी पूर्वराजाको सन्देशमा भनिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार