Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पूर्वराजा शाहको गुनासो – व्यवस्था फेरिए पनि अवस्था फेरिन सकेन

    पूर्वराजा शाहको गुनासो – व्यवस्था फेरिए पनि अवस्था फेरिन सकेन

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले वर्ष बदलिँदा हर्ष पनि बढ्नुपर्ने वताएका छन्।  उनले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको भन्दै गुनासो गरे ।

    पूर्वराजा शाहले भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने वताए ।



    नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गर्दै शाहले भनेका छन्, ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ । तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।’



    पूर्वराजा  शाहले  नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना गर्दै शुभकामना दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार