Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतीय नायिका पूजाले किनिन् महंगो रकममा घर

    भारतीय नायिका पूजाले किनिन् महंगो रकममा घर

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    एजेन्सी । साउथकी सफल नायिका पूजा हेग्डेको करिअर बलिउडमा पनि चम्किरहेको छ । बलिउडमा करिअर चम्किन थालेपछि र व्यस्तता बढ्न थालेपछि पूजाले मुम्बइको महंगो इलाका मानिने बान्द्रमा घर किनेकी छिन् ।

    भारतीय मिडियाका अनुसार उनले आफ्नै कमाइले थ्री बीएचके घर किनेकी हुन् । नायिकाले आफ्नै कमाइले किनेको यो पहिलो घर हो । यो घरको डिजाइनमा पनि पूजाले समय दिइरहेकी छिन् । आफ्नै कमाइले किनेको घर भएकाले पनि उनले यसको डिजाइन, आकर्षक सामान खरिदका बिषयमा पुरा समय दिएकी छिन् ।



    एकपछि अर्को हिट ब्यानरमा उनी आवद्ध भैरहेकी छिन् । उनी, नायक सलमान खानसँग चलचित्र ‘कभी इद कभी दिवाली’मा काम गर्ने तयारीमा छिन् । उनी, नायक रणवीर सिंहको मुख्य भूमिका रहने चलचित्र ‘सर्कस’मा पनि काम गर्दैछिन् । यस्तै, नायक प्रभाषसँग चलचित्र ‘राधे श्याम’मा पनि उनले काम गरेकी छिन् ।



    एकपछि अर्को चलचित्रको छायांकनमा व्यस्त भएपनि पूजाले घरका लागि समय दिइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार