Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौंमा फेरि भेटियो बर्डफ्लु

    काठमाडौंमा फेरि भेटियो बर्डफ्लु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लू भेटिएको छ ।

    बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।



    विभागका अनुसार कमल गौतमको फार्ममा बर्डफ्लु भेटिएको हो ।



    संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको हो ।

    विभागका अनुसार कमल गौतमले पालेका अण्डा नपार्ने लेयर्स कुखुरा २ हजार ९ सय ५५ वटा, अण्डा पार्ने लेयर्स २ हजार ७ सय २ वटा, अण्डा ३ हजार ५ सय ७० वटा र दाना १ हजार ४ सय ५० किलो नष्ट गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार