Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ११ एसपी र १८ डिएसपीको सरुवा : महोत्तरीमा आचार्य, गोरखामा खनाल (सूची सहित)

    ११ एसपी र १८ डिएसपीको सरुवा : महोत्तरीमा आचार्य, गोरखामा खनाल (सूची सहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 7.5K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ एसपी र १८ डिएसपीको सरुवा भएको छ ।

    सरुवामा सात जिल्लाका प्रहरी इन्चार्ज फेरिएका छन् । सरुवा अनुसार बर्दियामा ईश्वर कार्की, गुल्मीमा गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्लीमगर, महोत्तरीमा दिनेश आचार्य र गोरखामा शेखर खनाललाई पठाइएको छ ।



    बाग्लुङका लोकेन्द्र श्रेष्ठ र गोरखाका शुरेन्द्र गुरुङलाई कारबाहीस्वरुप हटाएर नयाँ एसपी पठाइएको छ ।



    डिएसपीहरुको सरुवामा दुई जिल्लाका इन्चार्ज फेरिएका छन् । सरुवा अनुसार जुम्लामा दानबहादुर थापा तथा हुम्लामा हेरम्ब शर्मालाई पठाइएको छ ।

    त्यस्तै, इप्रका टाँडी चितवनमा इन्द्रबहादुर रानालाई पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार