Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहको मौनताले प्रहरीको लेखापाल सरुवामा ठूलो चलखेल

    गृहको मौनताले प्रहरीको लेखापाल सरुवामा ठूलो चलखेल

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 4.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले हरेक आर्थिक वर्षको शुरुवातमा लेखापाल र लेखा अधिकृतको सरुवा गर्दछ । नयाँ आर्थिक वर्षको शुरुवातसँगै लेखापालहरुको सरुवामा ब्यापक चलखेल बढेको छ । आईजीपी शैलेश थापा क्षेत्रीको शालिनता र कमजोर कार्यशैलीको फाइदा उठाउँदै मातहतका प्रहरी अधिकारीहरुले सरुवा/बढुवामा आर्थिक चलखेल गर्दै आएका छन् । प्रहरीमा जिल्ला, तालिम केन्द्र, गणलगायतका स्थानमा लेखापाल सरुवा हुनका लागि गृहमन्त्री, गृहसचिवदेखि सत्तारुढ दलाका नेताहरुको दबाब पर्दै आएको छ ।

    पछिल्लो समय गृहमन्त्री बालकृष्ण खाँडको कम सक्रियताका कारण प्रहरीभित्रकै समूह सरुवा बढुवामा हावी हुँदै आएको छ । सरुवामा आकर्षक स्थानमा जान लेखापालहरुको चलखेल शुरु भइसकेको छ ।



    प्रहरी स्रोतका अनुसार हाल साइबर ब्यूरोमा रहेका सई रुपक थापा जिप्रका काभ्रे वा महानगरिय ट्राफिक प्रहरी महाशाखामा जान चलखेल गरिरहेका छन् । त्यस्तै काठमाडौं परिसरमा रहेका सई हिमाल पोखरेलको १८ महिना पुगिसकेको हुँदा उनी पनि अझै ‘क’ बर्गकै ठाउँमा सरुवा हुन एआईजी विश्वराज पोखरेलमार्फत भनसुन गरिरहेका छन् ।



    उदपुरमा १ वर्ष बसेर भक्तपुर सरुवा भएका सई दिपक आचार्य गृहसचिव महेश्वर न्यौपानेको दबाबमा महानगरिय प्रहरी परिसर काठमाडौंको लेखापाल बन्न खोजिरहेको स्रोत बताउँछ । उनी नाताले न्यौपानेको भाञ्जी ज्वाई पर्छन् । त्यसैगरी, सईहरु रामचन्द्र बस्नेत, नविन खड्का, इन्द्र बस्नेत, बालाराम भण्डारी, सुजन खतिवडा, फनिकान्त सिलवाल पनि आकर्षक स्थानमा सरुवा हुन चलखेल गरिरहेका छन् ।

    बर्दिया वा कैलाली जान नविन खड्काले हेडक्वार्टरकै उच्च अधिकारीहरुको ‘च्यानल’ प्रयोग गरेका छन् । गृहमन्त्री खाँडले भने आर्थिक चलखेलका आधारमा हेडक्वार्टरले तयार पारेको लेखापालहरुको सरुवा सूचीलाई बदर गर्ने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार