Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सर्वोच्च पुगेर अवहेलना मुद्दामा जवाफ दिए प्रचण्डले

    सर्वोच्च पुगेर अवहेलना मुद्दामा जवाफ दिए प्रचण्डले

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालत पुगेर अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन् ।

    प्रचण्डविरुद्ध संसद विघटनविरुद्धको विरोधसभामा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै रिट दायर भएको थियो ।



    गत बुधबार न्यायाधीश डा मनोज शर्माको एकल इजलासले सात दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो ।
    सोही आदेशअनुसार प्रचण्ड लिखित जवाफसहित सर्वोच्चमा उपस्थिति भएका हुन् ।



    उनले राजधानीमा भएको एक विरोधसभामा ‘प्रधानमन्त्री ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्‍याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार जना पूर्व प्रधान न्यायाधीशहरुले सर्वोच्चमा उपस्थित भएर अवहेलनामा मुद्दामा लिखित जवाफ बुझाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार