Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले दाबी गर्दै भने - प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी मैले बनाएको हुँ

    परिस्थिति जस्तोसुकै आइपरेपनि राष्ट्रको रक्षा गर्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति

    परिस्थिति जस्तोसुकै आइपरेपनि राष्ट्रको रक्षा गर्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    पोखरा । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने तर परिस्थिति जस्तोसुकै आइपरे पनि आफूले राष्ट्रिय हितको रक्षा गर्ने बताएका छन् ।

    सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेकपा ओली नेतृत्वको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको छ । हामीलाई काम गर्न दिएका छैनन् । हामी र हाम्रो पार्टीले सधै राष्ट्रको रक्षा गर्छ, राष्ट्रिय हितहरुको रक्षा गर्छौ । राष्ट्रियताको सवालमा हामी हामी दृढताका साथ रक्षा गर्छौ’, ओलीले भने ।



    त्यस्तै, प्रधानमन्त्री ओलीले आफुलाई प्रचण्ड-माधव समूह लगायत विपक्षीहरुले अविस्वासको बाटोबाट नभई गलत्याएर पदबाट हटाउन लागि परेको बताए ।



    उनले सभालाई सम्बोधन गर्दै आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन कार्यकर्ताहरुलाई अपिल समेत गरेका छन् ।

    म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन,’ उनले भने ।

    संयुक्त राष्ट्रसंघले अब नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशीलमा स्तरोन्नती गर्नका लागि शिफारिस गरेको उनले बताए । ओलीले भने, ‘ नेपाल संयुक्त राष्ट्रसंघको आँकडा आएको छ । अनेक सुचकांकमा हामी अघि छौं । धेरै लक्ष्य छिटो पुरा गर्छौँ ।’

    सभामा बोल्दै प्रधानमन्त्री ओलीले  केन्द्रीय कमिटी आफूले बनाएको र आवश्यक परेका बेला त्यसमाथि पनि औंला चलाउन सक्ने टिप्पणी गरेका छन्।

    जुन हातले नाम लिएको हो त्यसले काट्न पनि सक्ने भन्दै उनले भने, ‘देवप्रसाद गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हुँ, मैले बर्खास्त गरे । उहाँहरुले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हुँ ।

    त्यस्तै, प्रधानमन्त्री ओलीले दाहाल नेपाल समूहले पार्टी कब्जा गर्ने, देश बर्बाद बनाउने कम्फर्टेबल सरकार बनाउन खोजेको आरोप समेत लगाउँदै  देश विकासमा लाग्न सुझाव दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार