Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्री ओली भन्छन् – माकुराको जस्तो जालो बनाएर मलाई हटाउन खोजे, ६४ प्रतिशतको विश्वाश छ

    प्रधानमन्त्री ओली भन्छन् – माकुराको जस्तो जालो बनाएर मलाई हटाउन खोजे, ६४ प्रतिशतको विश्वाश छ

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथि कुनै पनि नैतिक प्रश्न नरहेको जिकिर गरेका छन्।

    संसद बिघटनलाई सर्बोच्च अदालतले उल्टाइदिएको हुँदा सर्वोच्चको फैसलाले तपाईंको हार त भयो नि भन्ने हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा



    तर प्रधानमन्त्री ओलीले आफूलाई सर्वोच्च प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको बताए । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’को उत्तर दिंदै ओलीले भने, ‘ सर्वोच्चले के मा हरायो ?  राजीनामा देउ भन्यो ?  अदालतले यस्तो अवस्थामा राजीनामा दिनुपर्छ भन्यो ? ’



    आफूले आवश्यक परे विश्वासको मत लिने लगायतका बाटो समाउन सक्ने भन्दै ओलीले  अरु बाटा समाउन सक्ने बिकल्प रहेको पनि उल्लेख गरे।

    ओलीले आफु आफू संसदमा ६४ प्रतिशतको प्रधानमन्त्री भएको भन्दै उनले अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिएका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवासँग आफूहरुको पुरानै समझदारी रहेको ओलीको दाबी छ।

    आफुलाई माकुराको जस्तो जालो बनाएर प्रचण्ड -माधबहरुले कदापी हटाउन नसक्ने दाबी गरे।

    प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री पद चढाउन बुढानिलकण्ठ पुगेको आरोप लगाएका ओलीले भने,  ‘अदालतको फैसलापछिको दृश्य के देखियो? अबिर जात्रा, लड्डु। चितवनबाट दौडेर हवाइजहाजबाट विमानस्थल उत्रिएर बुढानिलकण्ठ गएछन्। घर छन् उत्तरतिर जाने दक्षिणतिर। लाग्छन् साथीभाइहरु,’ ओलीले भने, ‘मान्छेहरुले सोच्ने भए। साँच्चै सुतिराख्या बुढानिलकण्ठतिर। तर बस्या बुढानिलकण्ठतिर लागे। बुढानिलकण्ठ हात जोडेर प्रधानमन्त्री भइदिनुपर्‍यो प्रभु। तथास्तु भनिदिनुपर्‍यो। मुस्कुराउँदै म विचार गरौँला भन्छन् बुढानिलकण्ठ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार