Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतद्धारा थप तीन वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि सम्झौता

    भारतद्धारा थप तीन वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि सम्झौता

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । छिमेकी मुलुक भारतले सिन्धुपाल्चोक र ललितपुरका थप तीन वटा सांस्कृतिक सम्पदाको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्झौता पत्र र ठेक्का सम्झौतामा हस्तक्षर गरेको छ ।

    काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।



    त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनाहरुमा ललितपुर स्थित जेष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोक स्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा पर्दछन् ।



    इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (INTACH) ले जेष्ठ वर्ण महाविहारको पुनस्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले गर्नेछ ।

    यी तीन सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत २४.६ करोड नेपाली रुपैयाँको लागतमा हुनेछ । भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनःस्थापना र पुनर्निर्माणका लागि कूल ५० मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ ५ अर्ब ८० करोड) सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

    भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत अघि बढाइने २८ वटा सांस्कृतिक परियोजना मध्ये ६ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ ।

    यसै क्रममा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र काठमाडौं महानगरपालिकाका मेयरले गत फागुन १६ गतेका दिन काठमाडौंको जनबहाल स्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनःस्थापनाका लागि संयुक्त रुपमा भूमि पूजन कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार