Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रावललाई ओलीको सुझाव : प्रधानमन्त्रीको पार्टी सोध्न सर्वोच्च जानुस्

    रावललाई ओलीको सुझाव : प्रधानमन्त्रीको पार्टी सोध्न सर्वोच्च जानुस्

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.3K
    SHARES

    काठमाडौँ। यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका नेता भीम रावलबीच जुहारी चलेको छ ।

    वर्तमान समयमा शीर्ष नेताहरुबीच प्रश्नोत्तरको जुहारी चलिरहँदा प्रधानमन्त्री ओलीले र रावलको प्रश्नको जवाफ दिएका छन्।



    आइतबार सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि बसेको संसद बैठकमा नेता रावलले प्रधानमन्त्री ओलीलाई तपाईं कुन पार्टीको भनेर सोधेका थिए ।



    सोमबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा ओलीले जवाफ दिँदै भने, ‘हुँदा हुँदा कुन पार्टीको प्रधानमन्त्री हो जानकारी पाउँ । सर्वोच्च अदालतमै जानुस् सोध्न’ । उनले आफु कुन पार्टीको हो अदालतमा सोध्न आग्रह गरेका छन् ।

    ओलीले सर्वोच्चले नै कुन पार्टीको प्रधानमन्त्री भनेर छिनोफानो गरिसकेकाले जानेर पनि नजानेजस्तो नगर्न सचेत गराए । प्रतिउत्तरमा उनले भने ‘मैले सोध्न नपरोस् तपाई कुन पार्टीको हो ?

    यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि रावललाई जवाफ दिँदै प्रधानमन्त्री नेकपा एमाले पार्टीको भएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार