Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्ड-बाबुरामको गलत कदमले शहिद-बेपत्ता परिवारले न्याय नपाएको विप्लवको गुनासो

    प्रचण्ड-बाबुरामको गलत कदमले शहिद-बेपत्ता परिवारले न्याय नपाएको विप्लवको गुनासो

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 4.3K
    SHARES

    काठमाडौँ। सोमबार गृह जिल्ला कपिलवस्तु पुगेका नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले न्यायको पक्षमा लड्ने मान्छे कहिल्यै नमर्ने बताएका छन् ।

    गत शुक्रबार प्रतिबन्धित नेकपा र सरकारबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएपछि सार्बजनिक भएका महासचिव विप्लव जिल्लाको शिवगढी गाउँपालिकामा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलनमा भाग लिन त्यहाँ पुगेका हुन्।



    कार्यक्रमलाई सम्बोधन गर्दै बिप्लवले ‘अर्काको दास बनेर अन्याय अत्याचारले मर्नुभन्दा न्यायका निम्ति लडेर मर्नु धेरै ठूलो कुरा भएको बताएका हुन् । उनले , ‘मान्छे जो कोही पनि मर्ने तर, अन्यायमा परेर मर्नु भन्दा न्याय बुलन्द गरेर नै मर्नुपर्ने धारणा ब्यक्त गरे।



    सरकार जनयुद्धमा अत्याचारमा परेका व्यक्तिको विरुद्ध सरकार लागेको उनले दाबी गरे । सत्यको विरुद्ध बोल्दा सरकारले प्रतिबन्ध गरेर आफ्ना मान्छेलाई गोली हानी मारेको उनले बताए ।

    प्रचण्ड र बाबुरामले गलत बाटो चालेका कारण शहीद र बेपत्ता परिवारले अझै न्याय नपाएको महासचिव बिप्लवको भनाई छ ।

    फरक प्रसंगमा उनले भने ‘प्रचण्डले हाम्रो एक जना कमरेडलाई बोलाएर भन्नुभएछ, २० बर्ष मलाई कसैले हल्लाउन सक्दैनन् भन्नुभएछ । तर, हामीले छाडेको २० महिना नहुँदै धुलोपिठो भइसक्नुभयो ।

    ‘जनताले खुसि भएर ओलीलाई र प्रचण्डलाई दुई तिहाई दिएको उल्लेख गरे । तर पछि दुबैजना आफ्नो मान्छे सरकारमा नराखेको रीसमा लडाई गर्दा देशको हालत बिगारेको उनले बताए।

    पछिल्लो समय ओली र प्रचण्डले आफ्नो स्वार्थमा कुरा नमिलेपछि जनताको विश्वास भत्काएर एक–अर्काविरुद्ध खनिएको उनको ठम्याई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार