Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एसईईको यस्तो छ परीक्षा तालिका

    एसईईको यस्तो छ परीक्षा तालिका

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 3.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ ।

    एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय मंगलबार गरेको बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक गरेको हो ।



    जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्यरअनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ ।



    जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । जेठ १६ गते अनिवार्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ । जेठ २० गते ऐच्छिक गणितको परीक्षा हुने छ । सो दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ ।

    परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने बोर्डले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार