Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सचिवालयलाई आयोगको पत्र : एमाले र माओवादी केन्द्र फरक पार्टी हुन्

    सचिवालयलाई आयोगको पत्र : एमाले र माओवादी केन्द्र फरक पार्टी हुन्

    संसदमा माओवादी केन्द्र सत्ता पक्षकै लहरमा

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ। सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गरेको छ ।

    बुधबार आयोगले सर्वोच्चको फैसला अनुसार नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद सचिवालयमा पठाएको छ ।



    वर्तमान सरकारको विकल्पबारे अनेक टिप्पणी गरिएको अवस्थामा बुधबार बस्ने संसद बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सत्ता पक्षकै लहरमा बस्ने भएका छन् ।



    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

    नेकपा माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा भने उसका लागि विपक्षी दलका रुपमा प्रतिनिधिसभा बैठकमा स्थानको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

    गत आइतबार सर्वोच्चले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण खारेज गरिदिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार