Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भीम रावलको ईश्वर पोखरेललाई फोन, विष्णु पौडेलले उठाएनन्, ओलीको लागेन

    भीम रावलको ईश्वर पोखरेललाई फोन, विष्णु पौडेलले उठाएनन्, ओलीको लागेन

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 5.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले कैलाली घटनापछि पार्टीका महासचिव ईश्वर पोखरेललाई टेलिफोन गरेर घटनाबारे जानकारी गराएको बताएका छन्।

    बुधबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रावलले आफूले महासचिवलाई घटनाको बारेमा टेलिफोन गरेर जानकारी गराएको बताएका हुन् ।



    आज सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा नेम प्लेट हटाउने विषयमा दुई पक्षबीच कुटाकुट भएको थियो ।



    पार्टी कार्यालयमा रावलको ‘नेम प्लेट’ हटाएर उद्योगमन्त्री लेखराज भट्टको राखेपछि केपी ओली समूह र माधव नेपाल समूहबीच झडप भएको थियो ।

    यसअघि तत्कालीन नेकपा विभाजित भएको बेला ओली समूहले रावललाई प्रदेश इन्चार्जबाट हटाएर भट्टलाई उक्त जिम्मेवारी दिएको थियो ।

    सर्वोच्चको फैसलासँगै ब्युतिएँको एमालेको सुदुरपश्चिम कार्यालयमा प्रदेश इन्चार्ज रावल कि भट्ट भन्ने बिषयमा कार्यकर्ताहरुबीच नै विवाद भएको हो ।

    यस्तै, रावलले उपमहासचिव विष्णु पौडेललाई सम्पर्क गर्न खोजे पनि फोन नउठाएको बताए ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग पनि सम्पर्क हुन नसकेको रावलको भनाइ छ। ‘उहाँसँग पनि कुरा गर्न खोजेको थिए। सम्पर्क हुन सकेन। सम्पर्क नभएकाले कुरा भएन। उहाँ त अध्यक्ष हो,’ उनले भने।

    घटनाबारे पार्टीमा छलफल हुने, सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बस्ने र उचित ढंगले अगाडि बढ्ने रावलले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार