Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ओली समूहले पार्टी कार्यालयहरु कब्जा गरेको माधव नेपाल समूहको आरोप

    ओली समूहले पार्टी कार्यालयहरु कब्जा गरेको माधव नेपाल समूहको आरोप

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ ।

    बुधबार नयाँ बानेश्वरको अर्याल होटलमा बसेको माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्यहरुको बैठकले चाँडो पार्टी कमिटीहरु क्रियाशील बनाउन अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ ।



    बैठकले ओली समूहका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयहरु कब्जा गर्ने, अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका नाम प्लेट हटाएर ओलीले खटाएका पदाधिकारीको नाम राख्ने जस्ता काम गरेको भन्दै आप्पति जनाएको छ ।



    बैठकमा झलनाथ खनाल, माधव कुमार नेपाल लगायत शीर्ष नेता तथा कार्यकर्ताको उपस्थिति रेहको थियो ।

    सर्वोच्च अदालको फैसलासँगै व्युँतिएको एमालेमा ओली समूह  र नेपाल समूह गरी दुई समूहमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार