Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एमालेको केन्द्रीय सदस्यमा बादलसहित २२ माओवादी नेता मनोनीत

    एमालेको केन्द्रीय सदस्यमा बादलसहित २२ माओवादी नेता मनोनीत

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

    शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले बादलसहित २२ माओवादी नेता एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको बताएको छ ।



    यस्तै, नेता प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ ।



    त्यसैगरी बैठकले सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोकेको छ। प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा पूर्व माओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

    स्कूल विभाग प्रमुखको जिम्मेवारी ओली आफैंले लिएका छन् भने संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ। विदेश विभागको जिम्मेवारी डा. राजन भट्टराईले पाएका छन् ।

    नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।

    नेकपाको अब अर्को बैठक चैत ७ गते बस्ने भएको छ।

    यसअघि २२० जनाको केन्द्रीय कमिटी रहेको एमालेमा अब माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतस् केन्द्रीय सदस्य भएसँगै २६४ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार