Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • समस्यामा मुख्यमन्त्री राई, प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    समस्यामा मुख्यमन्त्री राई, प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    आइतबार प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।



    यसअघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा भएको बेला केपी शर्मा ओली समूहका नेता तथा प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध फागुन ९ गते अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको थियो ।



    तर, सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई अलग्याएसँगै अविश्वासको प्रस्ताव सेलाएको थियो।

    प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् ।

    प्रस्ताव पेश भएसँगै बैठक २० फागुनसम्मका लागि स्थगित भएको थियो ।

    २० गते पुन: बसेको बैठक आजका लागि सारिएको थियो।

    एमालेमा अहिले ओली समूह, माधवकुमार नेपाल समूह र रामबहादुर थापा समूह छन् । फेरि पनि ओली र नेपाल समूहबीच रँडाको मच्चिएकाले अविस्वासको प्रस्ताव फेरि पनि व्युँतिन सक्ने देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार