Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माओवादीद्वारा प्रदेश नं १ सरकारलाई दिएको समर्थन फिर्ता

    माओवादीद्वारा प्रदेश नं १ सरकारलाई दिएको समर्थन फिर्ता

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माओवादी केन्द्रले प्रदेश नं १को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    आज प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको भन्दै समर्थन फिर्ता लिएको बताए।



    नेता आङ्बोका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीलाई बुझाइएको छ ।



    पत्रमा मुख्यमन्त्री राई  सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन दिइरहन अनुपयुक्त भएकोले मुख्यमन्त्री र प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको जनाइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार