Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ओली र नेपालबीचको छलफल विनानिष्कर्ष टुंगियो, २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

    ओली र नेपालबीचको छलफल विनानिष्कर्ष टुंगियो, २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीच धुम्बाराहीमा भएको पहिलो छलफल बिनानिष्कर्ष टुंगिएको छ।

    छलफलमा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ ।



    नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको बताए ।



    एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भएको नेता पन्तको भनाइ छ।

    धुम्बाराहीमा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीलगायतका अन्य नेता सहभागी भएका थिए ।

    त्यस्तै, अर्को पक्षबाट माधव नेपालसहित भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी भएका थिए भने माधव पक्षकै वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार