Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अझैँ तिक्तता मेटिएन एमालेका शीर्ष नेताको

    अझैँ तिक्तता मेटिएन एमालेका शीर्ष नेताको

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। पछिल्लो पटक नेकपा एमालेका शीर्ष नेताबीच देखिएको तिक्तता मेटाउन भएको छलफल सकिएको छ ।

    एमाले मुख्यालय धुम्बाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच बिहान छलफल शुरु भएको थियो ।



    गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि एमाले अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताविना बैठकले केन्द्रीय कमिटीका पदाधिकारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो ।



    सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना र एमाले ब्यँतिएपछि पहिलो पटक शीर्ष नेताहरु एमालेलाई एकताबद्ध बनाउन र एकापसमा देखिएका विवाद सुल्झाउन छलफलमा जुटेका थिए ।

    तर, दुवै पक्षले आफ्नो आफ्नो अडान राखेपछि पहिलो छलफल निष्कर्षविहीन भएको स्रोतले बताएको छ ।

    आजको बैठकमा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको थियो ।

    नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको बताए ।

    एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भएको नेता पन्तको भनाइ छ ।

    धुम्बाराहीमा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीलगायतका अन्य नेता सहभागी भएका थिए ।

    त्यस्तै, अर्को पक्षबाट माधव नेपालसहित भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी भएका थिए भने माधव पक्षकै वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी थिएनन् ।

    अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार