Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हङकङमा निर्वाचन कानून सुधार गर्ने निर्णय, एक चीन नीतिको प्रशंसा

    हङकङमा निर्वाचन कानून सुधार गर्ने निर्णय, एक चीन नीतिको प्रशंसा

    अनलाइन नेपाल
  • शनिबार, ७ चैत्र २०७७
  • 2.7K
    SHARES

    एजेन्सी। चीनको राज्यशक्तिको सर्वोच्च निकाय राष्ट्रिय जनकङ्ग्रेस (एनपिसी)को हालै सम्पन्न १३औँ महासभाको चौथो बैठकले हङकङलाई ‘एक देश दुई पद्धति’

    अभ्यासका संरचना सुधार तथा सुरक्षालाई दिगो बनाउन महत्वपूर्ण निर्णय गरेको छ ।



    महासभाले संविधान तथा मौलिक कानूनअनुसार हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन कानुनमा सुधार गर्ने निर्णय गरेको तथा त्यसबाट एक देश दुई पद्धतियुक्त



    प्रजातान्त्रिक हङकङको निरन्तर प्रगतिका निम्ति सहयोग पुग्ने यहाँस्थित चिनियाँ राजदूतावासले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

    नेपालले अङ्गिकार गरेको एक चीन नीतिको प्रशंसा गर्दै विज्ञप्तिमा एक देश दुई शासन पद्धतियुक्त हङकङको भविष्य समुज्ज्वल भई त्यसबाट नेपालसहित अन्तरराष्ट्रिय

    समुदायलाई सहयोगका थप अवसर प्राप्त हुने विश्वास गरिएको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार