Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी पुरस्कृत

    बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी पुरस्कृत

    अनलाइन नेपाल
  • आइतबार, ८ चैत्र २०७७
  • 5.6K
    SHARES

    काठमाडौं। गृह मन्त्रालयले बेरुजु फस्र्यौटमा उत्कृष्ट काम गर्ने दुई निकायलाई पुरस्कृत गरेको छ ।

    गृह मन्त्रालय र त्यसअन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पुरस्कृत गरेको हो  ।



    आइतबार गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री तथा सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल पुरस्कृत गरेका हुन् ।



    नेपाल प्रहरीले ९१ प्रतिशत तथा सशस्त्र प्रहरीले ६१.९२ प्रतिशत बेरुजु फस्र्यौट गरेको छ । गृह मन्त्राललयले ७६.८७ प्रतिशत बेरुजु फस्यौट गरेकोमा मन्त्रालयका कर्मचारीहरु पनि पुरस्कृत भएका छन् ।

    जिल्ला प्रशासनतर्फ नुवाकोट, काठमाडौं र काभ्रे उत्कृष्ट भएका छन् । नुवाकोटका तत्कालिन सिडिओ द्रोण पोखरेल, काठमाडौंका जनकराज दाहाल तथा काभ्रेका श्रवण तिमल्सिना पनि पुरस्कृत भएका छन् ।

    गृहसचिव महेश्वर न्यौपाने पनि पुरस्कृत भएका छन् ।

    गृहमन्त्रीले पुरस्कृतहरुलाई बधाई तथा शुभकाकना दिदै बेरुजु फछ्र्यौट सुशासन, प्रशासनिक कार्य प्रणाली र देश विकाससँग जोडिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार