Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोनाका कारण ब्राजिलमा एकैदिनअहिलेसम्म धेरैको मृत्यु

    कोरोनाका कारण ब्राजिलमा एकैदिनअहिलेसम्म धेरैको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित मुलुक ब्राजिलमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।

    महामारी सुरु भएदेखि अहिलेसम्मका दिनमध्ये मङ्गलबार सबैभन्दा धेरै जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।



    उनीहरूले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबार मात्रै ब्राजिलमा तीन हजार २५१ जनाको मृत्यु भएको देखिएको छ ।



    योसँगै ब्राजिलमा कारोनाभाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या दुई लाख ९८ हजार ६७६ पुगेको छ ।

    त्यसैगरी पछिल्लो एक दिनमा ब्राजिलमा कोरोनाभाइरसबाट ८२ हजार ४९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । ब्राजिलमा अहिलेसम्म कूल एक करोड २१ लाख ३० हजार १९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार