Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • दैलेखमा फेरि सामुहिक आत्महत्याको प्रयास : छोरालाई झुण्ड्याइन्, छोरी भागिन्, आमा भिरबाट हाम फालिन्

    दैलेखमा फेरि सामुहिक आत्महत्याको प्रयास : छोरालाई झुण्ड्याइन्, छोरी भागिन्, आमा भिरबाट हाम फालिन्

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 4.6K
    SHARES

    दैलेख। जिल्लामा आत्महत्याको प्रयास गर्नेहरु बढ्दै गएको छ । गत फागुन २३ साँझ दैलेखको आठविस नगरपालिका–३ निमायल बस्ने ३५ वर्षीया सुकी बढुवाल आफूसहित चार छोराछोरी लिएर कर्णालीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी थिइन्।

    त्यस्तै घटना फेरि पनि दाेहाेरिएकाे छ । हिजो डुंगेश्वर गाउँपालिका–३ स्थित लेक्चाकी २८ वर्षीया हिरा थापामगरले छोराछोरीसहित सामूहिक आत्महत्या प्रयास गरेकी छिन्।



    हिजो सुरुमा ३ वर्षीय छोरा उमेश थापालाई कपडामा झुण्ड्याएर हत्या गरेकी उनले लगत्तै छोरी लिएर घर नजिकै रहेको खोलामाथिको भिरबाट हाम फालेर आत्महत्याको प्रयास गरिन् । तर, कक्षा ४ मा पढ्ने ९ वर्षीया छोरीले आमाको हात फुत्काई भागेर ज्यान बचाउन सफल भइन्।



    छोरी भागेपछि भिरबाट हाम फालेकी हिरा भने गम्भीर घाइते भएकी छिन् । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भईरहेको छ ।

    घटनाको अनुसन्धान भईरहेको र प्रारम्भिक अनुसन्धानबाट आमाले आफूसहित छोराछोरी सामूहिक आत्महत्या गर्न खोजेको र छोरी हात फुत्काएर भागेर बचेको खुलेको दैलेख प्रहरीको प्रवक्ता ईन्द्रजित सुनारले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार