Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दैलेखबाट एसईईका नक्कली परीक्षार्थी पक्राउ

    दैलेखबाट एसईईका नक्कली परीक्षार्थी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 489
    SHARES

    फाइल तस्विर

    दैलेख। दैलेख प्रहरीले एसईईका एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।

    नारायण नगरपालिका-१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भइरहेको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।



    गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए ।

    उनले नियमित एसईई परीक्षार्थी आफनो भाइ नाता पर्ने सुनिलको लागि नक्कली परीक्षार्थी बनेका थिए ।

    न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

    मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार