Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बलात्कारीलाई सात वर्ष कैद फैसला र ८० हजार रुपैयाँ जरिवाना

    बलात्कारीलाई सात वर्ष कैद फैसला र ८० हजार रुपैयाँ जरिवाना

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    बागलुङ ।  जिल्ला अदालत बागलुङले १९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवकलाई सात वर्ष कैद सजाय फैसला गरेको छ।

    बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजालासले बुधबार बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो।



    कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको छ ।



    २०७७ साल असार १७ गते युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो। जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार