Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • म्यानमार सैन्य ‘कू’ :आङ सान सुकीमाथी छ ओटा नयाँ आरोप

    म्यानमार सैन्य ‘कू’ :आङ सान सुकीमाथी छ ओटा नयाँ आरोप

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 3.5K
    SHARES

    एजेन्सी । म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएकी नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् ।

    उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सो एएफपीलाई बताएका छन् ।



    पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन् ।



    म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो ।

    म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

    सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार