Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • म्यानमारमा सैन्य ‘कू’: प्रदर्शनकारीहरूमाथि गाडी कुदाउदा ५ जनाको मृत्यु (भिडियो)

    म्यानमारमा सैन्य ‘कू’: प्रदर्शनकारीहरूमाथि गाडी कुदाउदा ५ जनाको मृत्यु (भिडियो)

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको मृत्यु भएको छ ।

    समाचार संस्था रोयटर्सका अनुसार आइतबार दिउँसो रंगुनमा भएको उक्त घटनामा १५ जना घाइते भएका छन्।



    सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा सडकमा प्रदर्शनकारी हुँदा एउटा सैनिक गाडी बेतोडले आएको देखिन्छ । केही प्रदर्शनकारीलाई किचेर गाडी अघि बढेका थियो ।



    म्यानमार गत वर्ष फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर कू गरेको थियो । त्यसयता जुन्ता शासनविरूद्ध भएका प्रदर्शनमा १ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। सैनिक शासनविरूद्ध अहिले पनि प्रदर्शन भइरहेका छन्।

    म्यानमारको छाया सरकारले शान्तिपूर्ण प्रदर्शनकारीलाई सैनिक गाडीले कुल्चेर मारेको र गोली हानेको घटना हृदयविदारक भएको बताएको छ ।

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार