Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ‘ट्याक्सी ड्राइभर, जसलाई आफ्नै श्रीमतीका अगाडि गोली हानियो’

    ‘ट्याक्सी ड्राइभर, जसलाई आफ्नै श्रीमतीका अगाडि गोली हानियो’

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 1.8K
    SHARES

    एजेन्सी। गत फेब्रुअरी २८ तारिखमा हाइन टुट अङ र उनकी श्रीमती मा जीन म्यानमारमा भइरहेको सैन्य ‘कू’ विरोधी प्रदर्शनमा सहभागी भएका थिए।

    ती दम्पती आफ्नो काम सकेपछि प्रदर्शनहरूमा सहभागी हुने गर्थे ।



    तर त्यस दिनमा जीन मार मात्र घर फर्किइन्।



    उनीहरू प्रदर्शनमा सहभागी हुन जान एउटा बसमा चढ्दै थिए ।

    तर गोली चलेकाले त्यो बस रोकियो र यात्रुहरू झर्नुपर्‍यो ।

    ‘सडक पार गर्दै गर्दा उनलाई गोली हानियो,’ मा जीन मारले भनिन्, ‘घटनास्थल हामीभन्दा खासै टाढा थिएन। त्यहाँ प्रदर्शनकारीहरूले डस्टबिन र काँडेतारले बाटो बन्द गर्दै थिए किनकि उनीहरूमाथि गोली चलिरहेको थियो।’

    ‘उनी पीडाले चिच्याए र मैले उनको छातीमा रगत देखेँ। मैले समातेर प्वालमा दबाब दिएँ।’

    उनी अस्पतालतर्फ दौडिए तर त्यस बेलासम्म ढिलो भइसकेको थियो।

    हाइन टुट अङ मोटरसाइकल-ट्याक्सी ड्राइभर थिए। त्यसैले छेउछाउका सबैले उनलाई चिन्थे।

    मा जीन मार भन्छिन्, ‘उनी एकदमै साधारण मानिस थिए। उनी शान्त स्वभवका थिए र अरू मानिससँग धेरै कुरा गर्दैन थिए। फुर्सदमा उनी मोबाइलमा गेम खेल्थे। आफूले इमानदारीसाथ कमाएको पैसाले परिवारको हेरचाह गर्थे।’

    अनलाइनमार्फत भएको चिनजानपछि उनीहरूले पाँच वर्षअघि विवाह गरेका थिए।

    ‘हामी जहाँ जान्थ्यौँ हामी साथै हुन्थ्यौँ। म उनलाई सम्झिरहन्छु।’ अहिले पनि मा जीन मार प्रदर्शन गरिरहने बताउँछिन् । कूको अन्त्य नहुन्जेल प्रदर्शन गरिरहने उनको भनाइ छ। (स्रोत :बिबिसी)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार