Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • म्यानमारकी नेतृ सुकीलाई चार वर्षको जेल सजाय सुनाइयो

    म्यानमारकी नेतृ सुकीलाई चार वर्षको जेल सजाय सुनाइयो

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । म्यानमारको सैन्य अदालतले कैयौँ मुद्दामा हिरासतमा रहेकी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ । सुकीलाई बिना लाइसेन्स वाकी-टकी भएको आरोप लगाइएको छ।

    फेब्रुअरीमा नागरिक सरकारमाथि सैन्य विद्रोह गरेर सुकीलाई सेनाले अपदस्थ गरेको थियो। सुकीलाई डिसेम्बरमा कोरोनाभाइरस प्रतिबन्धहरू उल्लंघन गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाइएको थियो। पछि यो सजाय घटाउँदै उनी साढे दुई वर्ष घरमै थुनिएकी थिइन् ।



    रिपोर्टका अनुसार सत्ता परिवर्तनपछि भएको हिंसात्मक प्रदर्शनमा १ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । डिसेम्बरमा सुकीको सजायको अन्तर्राष्ट्रिय निन्दा समेत भएको थियो ।



    यस निर्णयमा ह्युमन राइट्स वाचका अनुसन्धानकर्ता मेनी मोङले अर्को सजायले राष्ट्रिय स्तरमा असन्तुष्टिलाई थप गहिरो बनाउने बताएका छन्  । उनले समाचार एजेन्सी एएफपीलाई भने, ‘जब उनलाई पछिल्लो पटक सजाय सुनाइएको थियो, यो मुद्दा म्यानमारमा सामाजिक सञ्जालमा सबैभन्दा बढी चर्चामा थियो र जनतामा आक्रोश थियो ।’

    ‘यसले जनतामा डर पैदा गर्छ भन्ने सेनाको मुल्यांकन छ तर यसले जनतामा आक्रोश मात्र बढाएको छ।’ पत्रकारहरूलाई सुनुवाइमा उपस्थित हुन दिइएन, जबकि सुकीका वकिलहरूलाई मिडियासँग बोल्न निषेध गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार