Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • वीरगन्जमा कोरोनाको बिगबिगी : नर्सिङ क्याम्पसका २२ छात्राहरु संक्रमित

    वीरगन्जमा कोरोनाको बिगबिगी : नर्सिङ क्याम्पसका २२ छात्राहरु संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 2.2K
    SHARES

    पर्सा। जिल्लाको एक नर्सिङ क्याम्पसका २२ जना छात्रालाई कोरोना संक्रमण पुष्टि भएको पाइएको छ।

    वीरगन्जस्थित बिर्तामा रहेको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ जना छात्राहरुलाई कोरोना पुष्टि भइसकेको नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा. सरोज रोशन दासले जानकारी दिए।



    ‘सुरुमा १ छात्रा, त्यसपछि १५ र ६ जना गरी मंगलबारसम्म २२ छात्रामा कोरोना पुष्टि भइसकेको छ, दासले भने यो संख्या अझै बढ्न सक्छ।



    क्याम्पसमा कोरोना संक्रमितको संख्या बढेपछि रोकथामका निम्ति प्रशासनले केही समयका लागि बन्द गरिएको जनाएको छ।

    छिमेकी मुलुक भारतसँग खुल्ला सिमाना भएको यस जिल्लामा आइतबारदेखि मंगलबारसम्म तीन दिनमा मात्रै ९६ जना कोरोना संक्रमित थपिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार