Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • १५ दिन नवित्दै फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

    १५ दिन नवित्दै फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।



    यसअघि निगमले गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो ।



    नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ पर्ने भएको छ ।

    निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

    एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।

    मूल्य समायोजनपछि पनि भारतीय सीमाको रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९.२३ रुपैयाँ र डिजेल ३५.४१ रुपैयाँ सस्तो रहेको निगमले बताएको छ ।

    नेपालमा पेट्रोलिय पदार्थ सस्तो हुँदा नाकाबाट भारततर्फ तस्करी समेत हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार