Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आईपीएल : बेङ्ग्लोरको लगातार तेस्रो जित

    आईपीएल : बेङ्ग्लोरको लगातार तेस्रो जित

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) आज सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले कोलकता नाइट राइडर्सलाई ३८ रनले पराजित गरेको छ ।

    टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो।



    जवाफी ब्याटिङमा उत्रिएको कोलकता ८ विकेट गुमाउँदै १६६ रनमा समेटियो।



    बेङ्ग्लोरका लागि ग्नेन म्याक्स वेलले सर्वाधिक ७८ र एबि डिभिलियर्सले ७६ रन बनाए ।

    कोलकताका बरुण चक्रवर्तीले २ विकेट लिँदा प्याट कमिङ्ग्स र प्रसिद कृष्णाले समान १/१ विकेट लिए।

    जवाफी ब्याटिङमा उत्रिएको कोलकताका कुनै ब्याट्समेनले अर्धशतक बनाउन सकेनन्।

    कोलकताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाउँदा कप्तान इयोन मोर्गनले २९, शकिव अल हसनले २६, राहुल त्रिपाठीले २५ र शुभमन गिलले २१ रन जोडे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार