Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आईपीएलमा चेन्नईद्वारा राजस्थान पराजित

    आईपीएलमा चेन्नईद्वारा राजस्थान पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्ग्स दोस्रो स्थानमा उक्लिएको छ ।

    राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको हो । यो चेन्नईको दोस्रो जित हो । जितसँगै चेन्नईले ३ खेलमा ४ अङ्क बनाएको छ ।



    मुम्बईमा भएको खेलमा चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि फाप डु प्लेसिसले सबैभन्दा धेरै ३३ रन बनाए ।



    यस्तै अम्बाती रायडुले २७ रन जोड्दा मोइन अलीले २६ रन बनाए । ड्वेन ब्राभो २० रनमा अविजित रहे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार