Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गोरखामा पनि कोरोना सङ्क्रमणबाट एकजनाको मृत्यु

    गोरखामा पनि कोरोना सङ्क्रमणबाट एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल तस्बिर

    गोरखा। जिल्लाको गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ ।

    भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।



    ‘बिहान करीव ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ’, वडाध्यक्ष खड्काले भने, ‘मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका सदस्यअस्पताल पुगेका छन् ।’ वैशाख ४ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भरतपुर लगिएका ती पुरुषमा सोमबार मात्र कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।



    भारतमा लामो समयसम्म रोजगारीका सिलसिलामा रहेका उनी केही समयअघि मात्र घर फर्किएका वडाध्यक्ष खड्काले बताए । कोरोना सङ्क्रमणबाट मृत्यु भए ती पुरुषको सम्र्पकमा आएकाको तत्काल कन्टयाक्ट ट्रेसिङ गरी स्वाब सङ्कलनको तयारी भइरहेको उनले जानकारी दिए ।

    सङ्क्रमितको सम्पर्कमा रहेकार्लाइ सुरक्षित रहन आग्रह गरिएको र आवश्यकताअनुसार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार