Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पर्सामा पाटेबाघ मृत फेला

    पर्सामा पाटेबाघ मृत फेला

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 3.9K
    SHARES

    पर्सा । पर्साको रामबुद्ध सामुदायिक वन क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ ।

    ठोरी गाउँपालिका ३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार राति मृत फेला परेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।



    सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई खबर गरेका थिए ।



    मृत बाघ चितवन राष्ट्रिय निकुन्ज प्रशासनले लगेको छ । मृत्युको कारण खुल्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार