Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालिकालाई यौन दुर्व्यवहार र महिलालाई जबरजस्ती करणी गर्ने प्रहरीको फन्दामा

    बालिकालाई यौन दुर्व्यवहार र महिलालाई जबरजस्ती करणी गर्ने प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    कपिलवस्तु। प्रहरीले ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शुद्धोधन गाउँपालिका-२ नन्दनगर बस्ने १५ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरेको छ ।किशोरले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    त्यस्तै, भोजपुरमा ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
    दोर्चीले ती महिलालाई सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    उक्त घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार